६ साउन
पर्वत । पर्वत जिल्लामा सामूदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अन्तरकृया सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा संघिय सांसद पद गिरीले प्रहरी प्रशासन निश्पक्ष र चूस्त भएर जनतालाई सेवा दिनूपर्ने वताउनू भयो । उहांले एक प्रसड्गमा कसैले अपराधिक कृयाकलाप गरेको छ भने त्यस्तोलाई कूनै पनि हालतमा छोड्न नहूने र आफूले पनि त्यस्तालाई संरक्षण नगर्ने वताउनू भयो । अपराध गर्ने मानिस सवैका लागी अपराधी हून तिनलाई सवैले चिन्नू पर्ने वताउनू भयो । आप-नो पार्टीको,कसैको व्यक्तिको भन्दैमा कानूनको नजरमा छुट दिन नहूने वताउदै त्यस्ता कानून विपरीतका कार्य गर्नेलाई प्रहरी प्रसाशनले छाडेमा त्यसको विरोधमा लाग्ने वताउनू भयो । कसैले विधि विपरीत प्रहरी प्रशासनलाई दवाव दिएर नकरात्मक काम गर्न नहूने वताउदै राष्ट सेवकलाई त्यस्तो काम गर्न दवाव आएको छ भने रक्षाकवजको रुपमा काम गर्न आफू तयार रहेको वताउनू भयो ।


जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो रहेको वताउनू भयो ।

अन्तरकृयामा सहभागीहरुले कुश्मा नगर संग सम्वन्धित उठाएका जिज्ञासाको मेटउदै नगर प्रमूख रामचन्द्र जोशीले वाहीरी मदिरा वेच्न दिने तर घरेलू मदिरा वेच्न नदिने गरेकोमा एउटा विधि वनाएर गुणस्तर मापन पश्चात वेचविखन गर्न दिनू पर्ने धारणा राख्नू भयो । प्रदेश सरकारको उद्योग मन्त्रालय संग समन्वय गरेर आवश्यक विधि वनाएर वेचविखनका लागी तत्पर हूनू पर्ने धारणा राख्दै लोकल रक्सी फाल्दै हिडेर दिगो समाधान नहूने वताउनू भयो । जून प्रहरी प्रमूख पर्वतमा सरुवा भएर आउछन् पहिले लोकल रक्सी फाल्दै हिड्ने र पछि वास्ता नगर्ने गरको स्मरण गर्दै दिगो समाधानका लागी पहल गर्न अनूरोध गर्नु भयो । वर्षाको समयमा कालिगण्डकीमा वालूवा निकाल्न पाउनूपर्ने कानून निर्माण गर्न सूझाव दिनू भयो । चूरेभावरको अवस्था हेरेर पहाडमा पनि त्यहि निति लागू गर्न नहूने वाताउनू भयो । नगरको फोहोर व्यवस्थापनका लागी कर महड्गो भएको गूनासो आएकाले त्यसलाई पूनरविचार गर्ने वताउनू भयो । सिसि क्यामरा,सडकवत्ति लगायतका कार्यहरु निकट भविश्यमा नै पूरा गर्ने वताउनू भयो ।
प्रदेश प्रहरी प्रमूख भएर पहिलो पटक गृह जिल्ला पर्वतं आउनूभएका विनोद घिमीरेले स्थानीय सरकारको वडा तहसम्म प्रहरी संगठनहरु पुगेर सर्वसाधरणसँग पहुँच विस्तार भईरहेको पनि जानकारी दिनूभयो ।
मुलुकले अबलम्बन गरेको सुखि नेपाली, समृद्ध नेपालको अभिभारा पुरा गर्न निजी क्षेत्रबाट लगानीको वातावरण तयार पार्न आँफुहरु लागि परेको धारणा व्यक्त गर्नुभयो । जव सम्म उद्योगी व्यावसायीहरुले निर्धक्क व्यवसाय संचालन गर्न पाउदैनन तव सम्म देशको विकास नहूने वताउनू भयो । स्थानीय तहदेखी प्रदेश र संघसम्म सुशासनको वातावरण तयार पारेमा सुरक्षित लगानीको वातावरण तयार हुने घिमीरेको भनाई थियो । प्रहरीले जहिले पनि सुशासन र पारदर्शित तरीकाले काम गर्ने गरेको वताउदै नदि नाला संरक्षणका लागी प्रदेश तथा स्थानिय सरकारको विधि अनूरुप सहयोग माग गरेमा तुरुन्तै सहयोग गर्ने पहिले जस्तो आफै प्रहरी सकृय नहूने वताउनू भयो ।
प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जिल्लाको शान्ति सुरक्षा राम्रो रहेको धारणा राख्नू भयो । सामूदायिक प्रहरी साझेदारी कार्यक्रमले समूदायमा उत्प्रेरणात्मक कृयाकलाप संचालन गरेको वताउनू भयो ।


कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जिल्लामा सामूदायिक प्रहरी साझेदारी कार्यक्रममा संचालन भएका गतिविधिहरुको वारेमा जानकारी गरउनू भएको थियो ।
कार्यक्रममा नेकपाका प्रतिनिधि भक्त कूवर र नेपाली कांग्रेसका प्रतिनिधि डा चुडामणी शर्मा,सामूदायिक सेवा समाजका अध्यक्ष शिव पौडेलले आ आप-नो धारणा राखेका थिए । कार्यक्रममा अधिकांश सहभागीहरुले घरेलूहिंसा,वलात्कार,मदिरा नियन्त्रण,लागूऔषध नियन्त्रण गर्ने विषयमा धारणा राखेका थिए ।

पहिलो पटक गृह जिल्ला पर्वत आउनू भएका गण्डकी प्रदेश प्रहरी प्रमूख घिमिरेलाई कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको संचालन महासचिव गणेश लामिछाने र धन्यवाद मन्तव्य ठाकूर वि पौडेलको रहेको थियो ।