६ असार
नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले पनि जिल्लामा मनाएको छ ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा कोइरालाको तस्बिरमा माल्यपर्ण गर्दै उहाँको योगदानका बारेमा चर्चा गरिएको थिए । सो अबसरमा बोल्ने सवै वक्ताहरुले विश्वेश्वर प्रसाद कोइरालाले नेपाली काँग्रेसको माध्यमबाट देशलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद दिन सक्षम रहेको बताउँदै उनको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमका सभापति पूर्व पार्टी सभापति नबराज गुरुङले सो अवसरमा बोल्दै नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका सुनाउँदै देश र जनातको मुक्ति विपि कोइरालाको सवल र सक्षम राजनितिबाट मात्रै भएको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अगुवा तथा प्रेरेरणाका स्रोत लोकनाथ आचार्यले विपीले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताए ।
उनले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा वीपीले धेरै वकालत गरेको भन्दै विपिले अंगिकार गरेको प्रणाली अन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको वताए । यस्तै,नेपाली काँग्रेसका माहधिवेशन प्रतिनिधि तथा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले विपि स्मृति दिवसलाई कांग्रेसले औपचारीकता मात्र दिने गरेको तर विपिले देखाएको मार्ग्निर्देशन र शिद्धान्तमा कांग्रेस हिड्न नसकेको बताएका छन् । विपिले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै काँग्रेसीजनका मनमा भए पनि बाटो बिराएर पार्टीभीत्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा नेपाली काँग्रेस पर्वतका सदस्य डा। चुणमणी शर्माले स्वागत मन्तव्य राखेका थिए । भने,नेपाली काँग्रेस स्याङजा नगरकोटका अध्यक्ष भिम गुरुङ,नेपाल कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष एवंम गण्डककी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेसका माहसमिति सदस्य बसन्त बहादुर सि।के,माहसमिति सदस्य मिना के।सी, कर्मचारी युनियन संघका पूर्व केन्द्रिय सदस्य परशुराम पुरी, नेपाली काँग्र्रेसका पर्वतका जिल्ला सदस्य सरस्वती शर्मा‘जिज्ञासु’,जिल्ला सदस्य देवि प्रसाद बिलासि,पूर्व सदस्य रामशर्मा लामिछाने,पूर्वकोषाध्यक्ष कृष्ण गौडेल,कुस्मा नगरपालिका ३ दुलुङ काँग्रेस वडा सभापति बालकृष्ण सुवेदी ,
नेपाल रेडक्रस सोसाइटी पर्वतका जिल्ला सभापति रुद्र बहादुर रिमाल,कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष यामप्रसाद शर्मा, लोकतन्त्रवादी इन्जिनियरीङ संघ गण्डकीका कार्य समिति सचिव राजिब रिमाल ,महिला संघ पर्वतका सचिव मुना शर्मा लामिछाने,दलित संघ पर्वतका अध्यक्ष याम परियार, ,नेविसघं गुप्तेश्बर क्यामपसका सभापति शिशिर शर्माल लगायतले विपिको योगदानको चर्चा गरेका थिए । भने,सो स्मृति दिवस समारोहको सञ्चालन नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य कूलप्रसाद पाध्यायले गरेका थिए ।









