६ साउन
काठमाडौं – कहिले काँहि अनौठो कुरा सुन्नु पर्छ बिभिन्न क्षेत्रमा यस्ता कुरा थोरै मात्रामा हुने गर्छन यस्तै भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो हो कि उनका श्रीमानले घरभरी नै सिसिटिभी क्यामरा लगाएकी छिन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो ।
महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् । महिलाका अनुसार क्यामरा मेन इन्ट्रान्स गेटमा, सासुको कोठामा, बैठकमा, उनीहरुको बेडरुममा पनि राखिएका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको जानकारी दिइन् ।
श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर उनले यस्तो गरेको बताए । महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् ।
उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् रु ’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् ।









