४ असार

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नम्बर १ जम्पुरमा पहिरोका कारण धन बहादुर शाहिको धन्सार सहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै गोठ माथिबाट आएको पहिरोका कारण भत्किएको हो ।

गोठ भत्किँदा शाहिको गोठमा पालिएका १ ब्याउने र १ दुहुनो भैंसी मरेको छ ।

झण्डै चार लाख भन्दा बढिको क्षति भएको वडा अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । पहिरोमा परी उनले पालेका चारवटा बाख्राहरु पनि घाईते भएका छन् ।