४ साउन

पोखरा, श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई  कास्की प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय नेपाली सहित अन्यलाई पोखरामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

गत असार १ गते श्रीमती लक्ष्मी नेपाली लाई औषधि गर्न जाउ भनि लगेर पोखरा महानगर २२ पुम्दिभुम्दिस्थित ठुलढुंगाको जगंलमा लगि हत्या गरेको प्रहरीले जनाएको छ। सिद्धार्थ राजमार्गदेखि ५ सय मिटर दुरी तल शव फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव सडिसकेको अवस्थामा फेला परेको थियो। प्रहरीले पत्रकारसम्मेलनमा यो योजना १ वर्ष अगाडी देखीको भएको जनाएको छ ।

त्यस्तै ४ महिना अघि लक्ष्मीको युनियन लाइफ इन्सुरेन्समा १ करोडको बिमा भएको जनाइएको छ । यसले प्रहरीलाई थप अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको छ । साथ‌ यतीबेला प्रहरी कार्यलय भित्रै भएको झगडाको भिडियो चर्चामा छ ।

हेर्नुहोस भिडियो :