२ गते

सर्लाही  । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव घुस रकमसहित पक्राउ परेका छन् । यादव केही बेरअघि सदरमुकाम मलंगवास्थित अशोक होटलबाट ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

अख्तियारको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । सर्लाहीको दक्षिणी भेगका अधिकांश स्थानीय तहका लेखापाल लगायतका कर्मचारीले सदरमुकाममा बेग्लै अड्डा खडा गरेर काम गरिरहेको गुनासो आइरहेको थियो ।

अझ आर्थिक वर्षको अन्तिममा जिल्लाको दक्षिणी भेगका धेरैजसो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी मिलेर फर्जी काम देखाई बजेट कुम्ल्याएको गुनासो आएको थियो । ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिकाका इन्जनियर घुस रकमसहित पक्राउ परेपछि यो कुराको पुष्टी समेत भएको छ