१ साउन
पर्वत । पर्वतको विपद व्यस्थापन समितिको वैठक आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६\०७७ का लागी जिल्लाको विपद प्रतिकार्य योजना सार्वाजनिक भएको छ । विपद व्यवस्थापन समितिको अध्यक्ष प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र विशिष्ठ अतिथि आमन्त्रित जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले उक्त विपद प्रतिकार्य योजनाको विमोचन गर्नु भयो । पर्वत जिल्लाको समग्र विपद व्यवस्थापनको वारेमा वनाईएको उक्त विपद प्रतिकार्य योजनामा ७ वटा स्थानिय तहमा जोखिम यूक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सुचना सहितको विवरण उल्लेख गरिएको छ ।
स्थानिय तहका प्रमूखहरुको वैठकमा न्यून उपस्थिति रहेको थियो । विपद जस्तो विषयमा छलफल तथा प्रतिकार्ययोजना अनूरुप कार्य गर्न व्यवस्थापकिय र श्रोत साधन सहितको व्यवस्था हूनूपर्ने अवस्थामा स्थानिय तहका प्रमूखहरुको उपस्थिति न्यून हूनूले विपदको वारेमा वेव्यस्ता गरेको आभास देखिएको थियो । जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले स्थानिय पालिका प्रमूखहरु विपदको वारेमा जिम्मेवार भै वैठकमा उपस्थित हूनूपर्नेमा जोड दिनू भयो । जिल्ला समन्य समितिको भवन नै जोखिममा परेकाले त्यसको पुनरनिर्माणका लागी जिल्ला सभा वाट पारीत गरि जिल्ला समन्वय समितिको कोष परिचालन गर्नेमा जोड दिनू भयो । हाल जिल्ला समन्य समितिका ४ वटा कोठा भासिएर ढल्कीएका छन् ।
फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले फलेवास नगरपालिकाले १५ लाख रकम विनियोजन गरेको त्यस अनूरुप संघिय सरकार र प्रदेश सरकारले रकमको व्यवस्था गर्नु पर्ने वताउनू भयो । स्थानिय तहमा विपद आईपर्दा सामना गर्ने गरि तयारी अवस्थामा रहेको जानकारी गराउनू भयो । त्यसै गरि मोदी गाउंपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले राजमार्गमा मोवाईल हस्पिटलको शुरुआत गरेको जानकारी गराउदै विपद व्यवस्थापनका लागी १० लाखको व्यवस्था गरेको जानकारी गराउनू भयो । जलजला गाउंपालिकाको तर्फवाट वडा नं. ८ का अध्यक्ष हरिविकास जिसीले जलजलाले १० लाखको विपद व्यवस्थापन कोषको स्थापना गरेको जानकारी गराउदै पर्वत सेवा समाज अन्तराष्ट्रियले ४ वटा घर लस्तीमा निर्माण कार्य सम्पन्न गर्न लागेको जानकारी गराउनू भयो
त्यसैगरि कूश्मा नगरपलिका,विहादी गाउंपालिका लगायतले गरेका कार्यहरुको वारेमा जानकारी गराएका थिए । पैयू र महाशिला गाउंपालिकाका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थिएन ।
वैठकका सदस्यहरुले महत्वपूर्ण वैठकमा स्थानिय तहका प्रमुखहरु नै उपस्थित भै छलफलगर्दा निकास निस्कनेमा जोड दिएका थिए । स्थानिय तहका प्रमखहरुले कर्मचारीलाई वैठकमा पठाएर झारा टार्ने काम गरेको वैठकका सहभागीहरुले गूनासो गरेका थिए ।
उक्त वैठकले चालू आर्थिक वर्षमा विपदको राहातका लागी खाद्यन्न भण्डारका लागी उद्योग वाणिज्य संघ पर्वत,औषधि उपचारका लागी जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय पर्वत,उद्धारा लागी नेपाली सेना,शसत्र प्रहरी र नेपाल प्रहरी,भौतिक सामानका लागी नेपाल रेडक्रस सोसाईटी पर्वत,सामाजिक परिचालन र आर्थिक सहयोगका लगाी गैह् सरकारी संस्थाहरु,रोटरी क्वल र लायन्स क्लवहरु तथा सूचना संचारका लागी पर्वतमा कृयाशिल संचार गृहहरु तयारी अवस्थामा रहने निर्णय भएको छ ।
संघिय सरकार गृह मन्त्रालयको सर्कूलर समेत वैठकमा जानकारी गराइृएको थियो ।
वैठकमा नेपाली कांग्रेसका प्रतिनिधि डा चुडामणी शर्मा,नेकपाका प्रतिनिधि भक्त कूवर,उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,रेडक्रस सोसाईटि पर्वतका सभापती रुद्र वहादूर रीमाल लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला विपद व्यस्थापन समितिका अध्यक्ष एवं प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा भएको वैठकको संचालन सहायक प्रमूख जिल्ला अधिकारी अमृत सुवेदीले गर्नु भएको थियो ।









