३० असार
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लिएर भिरबाट खस्दा २० वर्षीय सुदर्शन पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भट्राईले जानकारी दिए ।

बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भिरबाट खसेको भन्दै स्थानियले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट मृतकको शव फेला पारेको भट्राईले जाकारी दिए ।