१९ जेठ

युट्युबमा सार्वजनिक भएको गलबन्दी बोलको गीत छोटो समयमा नै धेरै हिट भएको छ । गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् ।

गितले त हिट भइसकेकै छ तर यस गितमा अभिनय गरेकी मोडलको चर्चा अझ धेरै हुन थालेको छ । गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ ।

यी मोडल हुन् अन्जली अधिकारी । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।

अञ्जलीको जिवनगाथा !

सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

 

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् ।

गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।

‘गलवन्दी‘ मा निक्कै लजालु र सोझी गाउले युवतीको भूमिकामा देखिएकी अन्जली वास्तवमा यस्तो हट र टिपटप छिन भनेर धेरैलाई थाहा नहुन सक्छ ।

बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ ।