१९ जेठ
पर्वत । पर्वत जिल्लाको सदरमूकाममा आयोजित क्षेत्री समाजको चौथो अधिवेशनमा क्षत्री समाजका केन्द्रिय अध्यक्ष डा डिल वहादूर क्षेत्रीले नेपालमा फेरी पनि विभिन्न जातजातीको लागी जातिय राज्य र आरक्षणको माग राखेर विभेद गर्न खोजिएको वताउनू भयो । देशमा फेरी जनधार गूम्दै गएका पार्टीहरु एकिकरणको नाममा जातिय पहिचान भन्दै विखन्डनको विजारोपण गर्न लागेको तर्फ सवै सचेत हून आग्रह गर्नु भयो ।

देशमा २०६९ सालमा जातिय राज्य सहतिको संविधान घोषणा हूनवाट क्षत्रीहरुको आन्दोलनले रोकेको स्मरण गर्दै अव फेरी एकपटक आन्दोलन गर्नुपर्ने वेला आएको वताउनू भयो । आदीवासी क्षेत्रीहरुलाई अन्यजाती वाट आन्दोलनको कारण खस आर्य जातीमा सूचिकृत गरेको तर त्यसमा समाज सन्तुष्ट नरहको धारणा राख्नू भयो । हिजो रगत पसिना वलिदान दिएर नेपालको एकिकरणमा उल्लेख्य योगदान भएको ईतिहास साक्षी रहेको लिखित दस्तावेनलाई वेवास्ता गर्दै यत्रो ठूलो जातीलाई आयातीत हून भनेर उपेक्षा गरेकोमा आक्रोस पोख्नू भयो ।

ईतिहास साछी छ नेपालको एकिकरण र देश विकासमा क्षेत्री समाजको महत्वपूर्ण भूमिका भएको पूनः स्मरण गराउदै जातिय राज्य घोषणा गर्न तर्फ र विभेदकारी आरक्षणको घोणणा गर्न कूलाड्गार व्रमाण क्षेत्रीका केन्द्रिय नेताहरुले नै गरेकाले उनिहरु समाजका लागी घातक भएको वताउनू भयो । त्यस्ता नेतालाई चिनेर अव आउने निर्वाचनमा मतदान गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा का प्रतिनिधि शंकर गिरी,नेपाली कांग्रेसका प्रतिनिधि डा चूडामणी शर्मा,केन्द्रिय सल्लाहकार मोती वहादूर कूवर,तिलक कूवर,केन्द्रिय उपाध्यक्ष कृष्ण वहादूर थापा,ईन्द्रमान खत्री,प्रदेश सचिव लक्ष्मी अधिकारी,केन्द्रिय सदस्य सनिता कार्की लगायतले शूभकामना दिनूभएको थियो ।
उक्त साधारण सभा तथा अधिवेशनले कृष्ण वहादूर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
जिल्ला अध्यक्ष नर वहादूर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अर्जून वहादूर कार्कीले गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव डम्वर वहादूर क्षेत्रीले गर्नु भएको थियो ।









