संजय रेग्मी
चैत २५, २०७५
पर्वत : पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी सिमखेतमा रहेको सिमखेत यूवा क्लबले गाउँ सफाई अभियान अन्तर्गत वडाका बिभिन्न स्थानहरुमा फोहोर संकलन गर्ने डस्टीबनहरु बितरण गरेको छ ।

क्लबले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर सिमखेत सहित शंकरपोखरीको वडा कार्यालयलाई ८० ओटा डस्टबीनहरु बितरण गरेको हो । वडामा प्रदान गरिएका डस्टबीनहरु वडा कार्यालले स्थानीय बिद्यालयहरु सहित वडाका बिभिन्न स्थानहरुमा राख्ने भएको छ ।

डस्टबीन वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव तथा नेष्डो नेपालका अध्यक्ष बिश्वप्रकाश प्रसाईँले समाजका ब्यक्तिहरुले ठूलो मान्छे बन्नुभन्दा पनि असल मान्छे बन्ने प्रयास गरेमा समाजमा सकारात्मक सोचको विकास हुने बताउनुभयो । स्थानीय महिलाहरुलाई स्वालम्बी बन्नका लागि अनुरोध गर्दै उहाँले त्यसका लागि आँपूmले आप्mनो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । क्लबले डस्बीन बितरण गर्नु उदाहरणीय काम भएको उल्लेख गर्दै प्रमुख अतिथि प्रसाईँले नेताहरुमा बोलेर काम नगर्ने बानी रहेकोतर्पm संकेत गर्दै नेताहरुले काम गरेर बोलेमा मात्र नागरिकले नेताहरुप्रति विश्वास राख्ने बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले यस अगाडिका आन्दोलनको नेतृत्व काँग्रेसले गरेका कारण नै देशको विकास भएको दावी गर्दै देशमा गणतन्त्र र संबिधान ल्याउन काँग्रेसको नै महत्ववपूर्ण हात रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै सिमखेत यूवा क्लबका अध्यक्ष शरोज खनालले डस्टबीन उपलब्ध गराउनुहुने बिभिन्न व्यक्तित्व तथा निकायहरुप्रति धन्यवाद ज्ञापन गर्दै साना कामहरु बाट नै समाजको विकास हुने बताउनुभयो । आँपूm आप्mनो समाजको परिवर्तनको लागि सदैव लागिरहने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व सदस्य महेन्द्रबहादुर कार्की, कर्मचारी संघ पर्वतका पूर्व अध्यक्ष होमनाथ अधिकारी, भूपू सैनिक संघ पर्वतका अध्यक्ष खड्कबहादुर कार्की, गणेश टोल विकास समितिका अध्यक्ष हेमबहादुर अधिकारी, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिव, जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा, प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, क्लबका सल्लाहकार शिव अधिकारी लगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सरस्वती कार्की र संचालन नेपाल विद्यमर्थी संघ फलेवासका अध्यक्ष सन्तोष पाठकले गर्नुभएको थियो । कार्यक्रममा गाउँमा रहनुभएका ३ जना जेष्ठ नागरिकहरु कर्णबहादुर कार्की, डिल्लीराम अधिकारी र गणेश अधिकारीलाई सम्मान गरिएको थियो ।