१४ फागून
कपिलवस्तुरसंवाददाता फाल्गुन १४ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न. २ मा रहेको बसपार्क मा ईलाका प्रहरी कार्यलय कृष्णनगरका निरीक्षक सूर्य बहादूर बोग्टी को कमान्ड मा खटिएको टोली ले विभिन्न सवारी साधन र पैदल यात्री को चेक जाच गर्ने क्रममा ४ जना पक्डाउ गरेको छ ।

भारतको बढनी तर्फ बाट पैदल यात्रा गरी नेपाल तर्फ आउदै गरेका मानिसहरु माथि संकास्पद देखिए पछि चेक जांच गरिएको थियो । अनुसंधानको लागी जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा न ७ वस्ने बर्ष १८को प्रदेशी थारु,ऐ.ऐ बस्ने बर्ष ३१ को संदीप भुषाल,ऐ ऐ बस्ने बर्ष २६ को राजु थारु,जिल्ला अर्घाखाचि सितगंगा नगरपालिका वडा नं ९ बस्ने बर्ष १८को उदय सुनारलाई गिरप्तार गरिएको हो ।

उनिहरुको शरिर तलासी गर्दा निजहरुको साथ बाट लुकाइ छिपाइ राखेको अवस्था मा लागू औषध ९ब्राउन सुगरजस्तो धुलो ४३२ पुरिया फेला परेको र तौल गर्दा उक्त पूरिया हरुमा जम्मा १३ ग्राम १ मिलीग्राम लागू औषध,ब्राउन सुगर,जस्तो धुलो र NITRAVET-10लेखिएको २ पत्ता मा २६ ट्यावलेट र स्पास्मो जस्तो देखिने निलो ३क्याप्सूल फेला परेको थियो ।

निजहरुलाई पक्राउ गरी थप अनुसंधान कार्य जारी रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर ले जनाएको छ। प्रदेशी थारु को साथ बाट ९४ पुरिया,संदीप भुषाल को साथ बाट ९६पुरिया,स्पास्मो जस्तो निलो३क्याप्सूल र NITRAVET-10 लेखिएको २७ ट्याब्लेट,राजु थारुको साथ बाट १००पुरिया र नगदी नेपाली रू ५६०००र भारतीय रू २९५०  उदय सुनार को साथ बाट १४२ पुरिया सामानहरु जफत गरिएको छ ।