१० फागून
शिला पाण्डे पर्वत , कुश्मा नगरपालिकाको नगर स्तरीय हात्तीपाइले रोग निवारण अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य नै देश बिकाश को आधार हो । भन्ने मुल उद्देश्य का साथ सन्चालन हुन लागेको यस हात्तीपाइले रोग निवारणका लागि औसधि सेवन कार्यक्रमको पुर्व सन्ध्यामा नगर स्तरि सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम कुश्मा नगरपालिका को आयोजना तथा जिल्ला स्वास्थ कार्यलय पर्वत को सहजीकरण मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी कुश्म नगरपालिकाका मेयर राम चन्द्र जोशीले अझै पनि औसधि सेवन गर्नु पर्छ भन्ने जनचेतनाको कमिले औसधि सेवन मा समस्या हुने गरेको बताउदै सम्पुर्ण नगरवासिले चेतनाको स्तर बढाउदै लैजानु पर्नेमा जोड दिए। हात्तिपाईले सरुवा रोग भएकाले यसको रोकथामका लागी सवै नगरवासी औषधि सेवन गरेर सहयोग गर्नु पर्ने र एक अर्कालाई सचेतना तर्फ लाग्नु पर्ने वताए । कार्यक्रम को स्वागत मन्तव्य प्रमुख प्रसासकिय अधिकृत सुवास कुमार लामिछानेले यहि १५ गतेदेखि सन्चालन हुन लागेको हात्तिपाइले रोग निवारण अभियानको सफल कार्यन्वयन हाम्रो दायित्व हो भन्ने नगरबासि लगायत सम्पुर्ण नागरिकलाई बताउदै यसलाइ सफल बनाउनु साझा चुनौती रहेको र यसमा सबै जिम्मेवारपुर्ण रुपमा लाग्नु पर्ने बताए । यस कार्यक्रमलाई सफल पार्न सन्चारकर्मी साथै जनप्रतिनिधिको महत्त्वपूर्ण हात हुने भएकाले पुर्ण सहयोग को अपेक्षा गर्दै सफल अभियान को कामना गरेका थिए ।
साथै अघिल्लो बर्षहरुमा औसधि सेवनमा प्रभावकारी नदेखिएको कारण यस बर्ष तालिम प्राप्त स्वास्थकर्मि नै खटिने जनाइएको छ । यस औसधि सेवन कार्यक्रम फागुन १५ गते बाट सन्चालन भएर औसधि सेवनमा छुटेकाहरुलाई भएकाको लागि निरन्तर रुपमा खुवाउदै लैजाने पनि जनाइएको छ। कुश्मा नगरपालिकामा हात्तिपाइले रोग निवारण अभियान कार्यक्रमको लागि १० लाख ६२ हजार रकम विनियोजन गरिएको छ ।
कार्यक्रम को सहजीकरण जनस्वास्थ्य अधिकृत सजिना महर्जन, दिपक भण्डारीले गरेका थिए। हात्तिपाईले सरुवा रोग भएकाले यो धागो जस्तो व्यक्टोरीया वाट सर्ने गर्दछ । यस्को सर्ने माध्यम लामखुट्टेको टोकाई वाट उक्त पराजिवि मानिसको शरिरमा सर्न गाई रोग लाग्ने गर्दछ । यो रोग लागे पछि यस्को उपचारको कूनै विधि नरहेकाले यस वाट वच्नको लागी नियमित यस अभियानमा सवैले औषधि खाएर आफू पनि वच्ने र अरुलाई पनि वचाउने गर्नु पर्ने जानकारी गरेका थिए । साथै यो अभियानमा औसधि सेवन गर्न योग्य सम्पुर्ण ब्यक्तिहरुले औसधि सेवन गर्नु र गराउनु हुन अनुरोध गर्दै, औसधि सेवनबाट मात्र  अपाङ्गता हुनबाट बचाउन सकिने भण्डारीले बताए।
 कार्यक्रममा कुश्मा नगरपालिकाका उप-मेयर सीता काफ्ले लामिछाने , अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडी , नारायण माध्यमिक बिध्यालयका प्र.अ,अम्बिका लोहोनी आचार्य ,शिवालय माबिका प्र.अ, भुपेन्द्र चापागाईं,शिवालय बहुमुखी क्याम्पसका प्रमुख कमल शर्मा तथा कुश्मा नगरपालिकाका सम्पुर्ण शाखाका प्रमुख, तथा १४व टै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि विभिन्न संघ सस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधि, लगाएतको सहभागी रहेको थियो । भने कार्यक्रम को सन्चालन कार्यक्रमको संचालन कूश्मा नगर स्वास्थ्य शाखा सह संयोजक यम प्रसाद शर्माले गरेका थिए ।