९ फागून
पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज तेश्रो दिन लोकपृ-य गायक यम क्षेत्रीले प्रस्तुति गरेका छन् । मूस्ताडको स्याउ मिठो आलू वनौको लगायतका दर्जनौ गित गाएर दर्शकहरुलाई भरपूर मनोरन्जन दिएका हून । उनले गाएका पन्चेवाजाका गितहरु पनि त्यति नै मन पराएका थिए । पर्वत जिल्लाको सदरमूकाम कूश्माको वडागाउं चौरमा संचालन भएको ९ दिने मगर महोत्सवमा अन्य विभिन्न  कलाकारहरुले प्रस्तूति गरेका छन् । आज चर्चित लोकदोहोरी गायिका लक्ष्मी नेपाली,सूदिप क्षेत्री ,कृष्ण अखेली,ईश्व्र सिंह,गणेश पौडेल,लगायतले आप-नो प्रस्तूति गरेका थिए ।


१० गते चौथो दिन विहान ८ वजे वाट कूश्मा नगरपालिका र जैमिनी नगरपालिका विच भलिवल प्रतियोगिता संचालन हूने पून यूवा क्लवका अध्यक्ष कृष्ण पुनले वताए । १० गते लोकपृ-य कलाकार सरस्वती लामा,जिवन दाहाल,मन्जू वि क ,रामचन्द्र पौडेल आर सी र वूद्ध लामाको कन्सर्ट समेत प्रस्तूत गर्ने पून यूवा क्लवका निवर्तमान अध्यक्ष जिवन पुनले वताए ।

दर्शकहरुले खचाखच भरिएको वडागाउं चौरमा १५० वटा स्टलमा औधोगिक प्रदर्शनी,रमाईलो मेला लगायतका मनोरन्जनका कार्यले महोत्सवलाई थप आकर्षण गरेका छन् । कार्यक्रमको संचालन गायक तथा संचारकर्मी कृष्ण अखेलीले गरेका छन् ।