२ फागून

पर्वत,फलेवास नगरपालिका पर्वतमा हात्ती पाइले रोग निवारण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । फलेवास नगरपालिका मा रहेका ११ वटै वडा का स्वास्थचौकी प्रमुख तथा प्रतिनिधि को सहभागीता मा उक्त कार्यक्रम सम्पन भएको हो।

कार्यक्रम को अध्यक्षता ग्राहण गर्दै फलेवास नगरपालिका का मेयर पदमपाणि शर्माले यस हात्ती पाइले कार्यक्रम राम्रोसंग सन्चालन गरि यो रोगबाट नगरपालिकामा रहेका ११ वडाका जनताहरु स्वास्थ बनुन भन्ने उद्देश्य लियको बताए ।

उक्त कार्यक्रममा नगर क्षेत्र भित्र रहेका सम्पुर्ण आम जनता लाई औसधि सेवन बाट बन्चित नगराउने हेतुका साथ कार्यक्रम कसरी सन्चान गर्दा प्रभावकारी तबर बाट सन्चालन गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको र सबै काम लाइ सहज ढंगबाट बाडफाड गरि सम्पुर्ण नगर भित्र रहेका जनता लाई सहज औषधि सेवनका लागि स्वास्थकर्मी नै परिचालन गरिने कार्यक्रम संयाेजक बिजय क्षत्री ले जानाकारी दिए ।

अघिल्लो बर्षहरुमा स्वयंसेवक परिचालन गर्ने गरे पनि यो बर्ष भने स्वास्थकर्मी नै परिलान हुने पर्ने नियम रहेको क्षत्रीले बताए । उक्त कार्यक्रममा उपप्रमुख मन्जु अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा ,स्वास्थ शाखामा रहेका लालबहादुर थापा , तथा नगरकार्यपालिका का अन्य शाखा का प्रमुख हरुको उपस्थित रहेको थियो । यस कार्यक्रम उक्त कार्यक्रम को सहजीकरण कार्यक्रम संयोजक बिजय क्षेत्रि ले गर्नु भएको थियो ।