१३ माघ
काठमाडौँ । अन्ततः नायक विराज भट्टको साथमा रोमान्स गर्न तयार भइन् नेपालकी एकजना चर्चित मिस नेपाल । आजको भिडियोमा हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको छ ।
तपाईँहरूलाई जानकारी नै होला नायक विराज भट्ट जो नेपाली सिनेमामा चलचित्र जय पशुरामबाट कमब्याक गरेका थिए । चलचित्र जय परशुराम विराज भट्टलाई लिएर रोज राणाले सिनेमा बनाएका थिए तर, यो सिनेमा बक्स अफिसमा सुपर फ्लप भयो र बक्स अफिसमा यो सिनेमा सुपर फ्लप भैसकेपछि नायक विराज भट्ट रन्थनिए ।
नायक विराज भट्ट अब के गर्ने कसो गर्ने कसरी सिनेमा इन्डष्ट्रिमा कमब्याक गर्ने भन्ने धुनमा थिए । तर, उनै विराज भट्ट अब आफै सिनेमा निर्माण र निर्देशनमा लागेका छन् । नायक विराज भट्ट आफैँले निर्माण गर्न लागेको चलचित्रको नाम साङ्लो राखेको छ ।
पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो हेर्नुस









