१७ पुस
सचिन्द्र श्रेष्ठ,यूएईको राजधानी अबुधाबी स्थित नेपाली राजदुतावासले आज एक बिज्ञप्ति प्रकाशित गरेको छ। सन् २०१८ जनवरी देखि डिसेम्बर सम्म बैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरुको मृत्यु हुनेको संख्या १०३ पुगेको छ। यूएईका सात राज्य दुबई, अबुधाबी, रसेलखेमा, सारजहाँ,अजमान, उमलक्वीन,फुजिराहमा कामको सिलसिलामा ३ लाख भन्दा बढ़ी नेपालीहरुले श्रम गरी रहेका छन।
हाल सम्म प्राकृतिक कारण ४७,आत्महत्या ३३ र दुर्घटनाका कारण २३ जना गरी १०३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन। साथै बाकि ४ जनाको भने प्रकियामा नै रहेको दुतावासले जनाएको छ। हाल नेपालीहरुको रोजगारीका लागि प्रमुख़ गंतव्य यूएई रहेको छ। उधोग, ब्यापार, जागीर, आदि विभिन्न पेसामा नेपालीहरुको उल्लेख्य बृद्धि भएको छ।









