१ पुस
कुश्मा, पर्वत । गरिवी न्यूनिकरणको क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको २४औं वार्षिक साधारण सभा,२० करोड १७ लाख ५० हजारको वार्षिक वजेट पारित गर्दै पर्वत सदरमुकाम कुश्मामा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फवाट कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले यस आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा २० करोड ५० हजार आम्दानी गरी १७ करोड ३० लाख रुपैयाँ खर्च भई ३ करोड २० लाख रुपैयाँ पुजीगत वचत हुने वताउनु भयो ।

गत वर्ष ५१ करोड ४९ लाख आम्दानी गरी ३९ करोड ७५ लाख खर्च भई कुल ११ करोड ७३ लाख रुपैयाँ संस्थागत वचत गरेको संस्थाको यस वर्षको आम्दानी ५० प्रतिशत भन्दा कम रहने देखिएको छ । संस्थाले नेपाल राष्ट्र वैंकवाट इजाजत लिई हालसम्म गर्दै आएको लघुवित्तीय कारोवार नयाँ नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थामा हस्तान्तरण हुने भएकाले संस्थाको आम्दानी खर्चमा ५० प्रतिशतले कटौती भएको हो । साधारण सभामा संस्थाका महासचिव प्रेम प्रसाद पौडेलले वार्षिक प्रगति तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको नियमित कारोवार वाहेक यस वर्ष रजत जयन्ती विशेष कार्यक्रम सञ्चालन गरिने वताउनु भयो ।
साधारणसभामा संस्थामा स्थापनाकाल देखि सदस्य रही सामाजिक अभियानमा समर्पित जेष्ठ सदस्यलाई संस्थागत सम्मान तथा न्यानो कपडा वितरण गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका, वडा नं ७ निवासी धर्मराज प्रसाई, वडा नं ६ निवासी पुर्ण प्रसाद प्रसाई, कुश्मा नगरपालिका वडा नं ७ निवासी लोकनाथ आचार्य, वडा नं ४ निवासी शान्ति नारायण श्रेष्ठ हुनुहुन्छ ।

यसै गरी सम्मानित हुनेमा पर्वत जिल्ला मोदी गाउपालिका वडा नं ५ निवासी घन वहादुर प्रसाई, भद्र वहादुर प्रसाई, डिल वहादुर प्रसाई झपट वहादुर प्रसाई, नन्द कुमारी प्रसाई, रत्न प्रसाद अधिकारी, मोदी वडा नं ६ निवासी देवेन्द्र ज्यू ठकुरी, याम वहादुर खत्री, टेक वहादुर लामिछाने र जलजला गाउपालिका वडा नं ९ निवासी होम वहादुर पुर्जा पुन रहनु भएको छ ।

साधारणसभाको अवसरमा पर्वत जिल्लामा एम्वुलेन्स सेवा सञ्चालनको लागि रोटरी क्लव अफ पर्वतलाई पहिलो किस्ता वापत ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । यसै गरी व्रेनट्युमर भई गण्डकी मेडिकल कलेजमा उपचारमा रहनु भएकी रीना शाहीलाई १५ हजार उपचार राहात सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले ग्रामीण समुदायमा पुगी महिला तथा विपन्न परिवारको चेतना, संगठन, आयआर्जनको माध्यमवाट सम्वृद्ध राष्ट्र निर्माणमा योगदान गरेको वताउनु हुँदै वित्तीय सेवाको अलवा सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि संस्था हरपल लागि परेको वताउनु भयो । विपन्न परिवारको जन्मको खुशी देखि मृत्यूको दुखसम्म हर क्षणमा संस्थाले सहयोग र साथ दिंदै आएकोले नेष्डो महिलाहरुको माईती वन्न सफल भएको वताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका प्रतिनिधी कुल प्रसाद उपाध्याय, चुडामणी शर्मा, रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रेसम वहादुर खत्री, सम्मानित व्यक्तित्व धर्मराज प्रसाई, पुर्ण प्रसाद प्रसाई र लोकनाथ आचार्य, लघुउद्यमी महासंघ नेपालका अध्यक्ष केशा परियार, प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सदस्य सुवास पन्त, नेष्डो लघुवित्तका संस्थापक शेयरधनि निरन्जनलाल राजभण्डारी लगायतले संस्थाको अनुकरणीय सेवाको वारेमा चर्चा गर्दै नेष्डो नेपालवाट अन्य गैरसरकारी संस्था एवम् वित्तीय संस्थाले सिक्नु पर्ने वताउनु भयो ।

साधारणसभामा लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले स्वागत, प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीले संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माले सञ्चालन गर्नु भएको थियो ।