९ मंसीर
पर्वत । घरेलू तथा साना उद्योग विकास समितिको आयोजनामा पर्वतमा आज उद्योग दिवश २०७५ मनाईएको छ । नेपाल सरकारले २०७३ साल देखी उद्योग दिवश मनाउदै आएको छ । नेपालमा उद्योग व्यवसाय गर्नेहरुलाई प्रोत्साहन गर्ने,लगानीमैत्री वातावरण वनाउने र स्वदेशमा नै रोजगारीको सृजना गर्ने कार्यलाई थप प्रोत्साहन गर्न उद्योग दिवश मनाउदै आएको छ ।
पर्वत जिल्लामा पनि एक औपचारीक समहारोको आयोजना गरि उद्योगी,व्यपारी र वित्तय संस्था विच अन्तरकृया कार्यक्रम संचालन गरेर उद्योग दिवश मनाइएको हो ।


उक्त अन्तरकृया कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पर्वत जिल्लाका सहायक प्रमूख जिल्ला अधिकारी डिल्लीराम शर्माले पर्वत जिल्लामा संघियताका कारण जिल्ला सदरमूकाममा उद्योग व्यवसायमा कमी आएता पनि गाउ तथा नगरपालिामा उद्योगी व्यवसायीहरु दिनप्रतिदिन थपिदै गएको वतउनू भयो ।उहांले उद्योगमा लगानी मैत्री वातावरणका लागी सरकारले ध्यान दिनूपर्ने धारणा राख्नू भयो ।
उद्यमीले आपना उत्पादनहरु ठूलो मात्रमा उत्पादन गरि वजारमा लगेमा त्यसको विक्री वितरण पनि सहज हूने भएकाले सवै उद्यमीहरुलाई थोकमा उत्पादन गर्न सूझाव दिनू भयो ।


कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपी अधिकारी,घरेलू तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष ठाकूर वि पौडेल,नेपाल वैक लिमिटेडका शाखा प्रवन्धक शूरेशकूमार लामिछाने,कृषि विकास वैकका प्रतिनिधि,लघूउद्यमी संघ नेपालका अध्यक्ष केशा परियार लगायतले शूभकामना दिनू भएको थियो । उक्त अन्तरकृयामा वैकहरुले प्रवाहगर्ने कर्जाको वारेमा प्रकास पारिएको थियो ।
अन्तरकृयामा फर्निचर व्यवसायी महासंघका केन्द्रिय सदस्य मथूरा कूमार जोशी,लप्सी व्यवसायी खडानन्द शर्मा,ग्रीलउद्योगी व्यवसायी दिपक गदाल,हिरापाउरोटी उद्योगका संचालक लगायतले सहूलियत कर्जा सेवा पाउनूपर्ने माग राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति पर्वतक सदस्य नन्दलाल सूवेदीको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रममा घरेलू तथा साना उद्योग विकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत विष्णू प्रसाद न्यौपानेले स्वागत तथा आ व ०७५्\०७६ कार्यक्रमको वारेमा जानकारी गराउनू भएको थियो । कार्यक्रमको संचालन उद्योग विकास अधिकृत शालिकराम घिमिरेले गर्नु भएको थियो ।
पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा २०९० उद्योग र २३५६ वाणीज्य गरेर ४४४६ उद्योगी व्यवसायी कृयाशिल रहेको जानकारी गराईएको थियो ।