१९ असोज
कुस्मा नगरपालिका २ मा रहेको जग्दम्बा प्राबिका विद्यार्थीहरुलाई आज पोशक तथा कम्प्यूटर वितरण गरिएको छ ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफ्नो सूविधा वापतको खर्चले उक्त विद्यालयका २५ जना दलित तथा अति विपन्न समुदायका विद्यार्थीहरुलाई  पोशाक प्रदान गरेका हुन् ।

पोशक बितरण गर्दै उनले विपन्न विद्यार्थीहरुको शिक्षा हासील गर्न थप सहयोग पूग्नेमा आशा यक्त गरे । वालवालिकाका लागी पढ्नका लागी उचित वातावरण आवश्यक पर्ने भएकाले त्यसका लागी विद्यालयका शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका हूने वताए ।  शिक्षाले समाजको रुपान्तरण  गर्ने वताउदै,जाडोमा सो विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्ने वताए । आज शिक्षक दिवस पनि भएकाले शिक्षकहरुलाई वालवालिकाको भविश्य वनाउने गरि शिक्षा प्रदान गर्न आग्रह गर्दै शिक्षक दिवसको शूभकामना दिए ।

उक्त कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष यदूदान शर्मा वास्तोलाले नगर  प्रमुखले वास्तविक आवश्यकता देखी यस विद्यालयका विपन् विपन्न विद्यार्थीहरुलाइ गरेको सहयोगको प्रशंसा गर्दै थप सहयोगका लागी वडा कार्यालयले सहयोग गर्ने वताए ।
कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले विकासको नाममा सडक भवन मात्र नभई शिक्षाको विकासमा अग्रसर हुन आग्रह गरे ।

सो अवसरमा कुस्मा नगरपालिका खुर्कोट सुरेशराज रेग्मीले आफ्ना स्वर्गीय पिताको नाममा कम्प्यूटर हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्बर उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चित्रकला भारती शर्मा,शिक्षिका सकुन्तला शर्मा,प्रअ रामप्रसाद शर्मा लगागतले बोलेका थिए ।