१७ असोज

भारतको हरियाणास्थिर फरीदाबादमा एक युवकको पेटको एक्स रे गरेर हेर्दा गिलास देखिएको छ । पेट दुख्ने समस्या लिएर अस्पताल गएका ३० वर्षिय युवकको पेटको एक्स रे गरेर हर्दा स्टीलको गिलास देखिएको हो । उनी पेट दुख्ने समस्याले निकै ग्रसित थिए ।

एक्स रे रिर्पोटमा युवकको ठूलो आन्द्रामा स्टीलको गिलास अड्कीएको थियो । देखिएको थियो । रिर्पोटमा यस्तो खतरा देखेपछि उनलाई उपचारको लागि दिल्ली पठाइएको थियो ।चिकित्सकले बताए अनुसार ती व्यक्तिको मलद्धार बाट ७ दिन पहिले नै पेटमा गिलास पसेको थियो । गिलास पेट भित्र पसेर ठूलो आन्द्रामा अड्किएर बसेको थियो ।

उनको पेटमा पसेको गिलास मलद्धार बाट निकाल्ने प्रयास गरियो तर सकिएन् । त्यसपछि युवकको पेटमा पसेको गिलास सल्यक्रिया मार्फत निकालिएको छ । गिलास पेटमा बस्दा युवकले पेट दुख्ने समस्या मात्र ननभएर अन्य थुप्रै समस्याहरु झेल्नु परेको थियो । यतिबेला उनी सामान्य अवस्थामा फर्किसकेका छन