संजय रेग्मी
अशोज १६, २०७५
पर्वत : चाडपर्व आएसंगै बिदेशिएका आफन्त घर कहिले फर्किएलान ? भन्ने आशा घरमा बस्नेहरुको हुन्छ । अनि जब आँगनको डिलमा बसेर काग कराउँदा उही बिदेशिएको आफन्तको खबर केही आयो की भन्ने लाग्छ । काग जति नै कराएपनि विदेशिएका नपालीको पिडा भने बेग्लै छ । घर फर्किन मन हुँदा पनि साहूले न त छुट्टी दिन्छ न त तलब नै । यही कारण घर फर्किन मन लाग्दा मुटु खाने गरी उर्लिएका पिडालाई पनि लुकाउँदै घरमा घर अर्को बर्ष आउँछु है भन्न बाध्य छन विदेशिएकाहरु । प्रत्येक दशैँमा घर फर्किन्छन की भन्ने आशामा बस्दा बस्दा आमाका केश फुल्दै जान्छन, प्यारीका आँखा बाटोतर्पm नै हुन्छन छोराछोरी बाउ नचिन्ने बन्छन । यस्तो पिडा विदेशी साहूले कहाँ बुझिन्छि र ? दिन र रात नभनी काममा खटीएका विदेशीएका नेपाली दशैँ र तिहारको दिनमा पनि टीका, जमारा, माला, सेल रोटी नि पिङ सम्झीँदै ज्यान जोखिममा राखेर काम गर्न बाध्य हुन्छन ।
यही कथा बोकेको गीत दशैँ आयो बजारमा आएको छ । उज्यालो म्युजिक प्रा.लि. ले बजारमा ल्याएको गीतका प्रस्तुतकर्ता केशव शर्मा र रिना के.शी. हुन । गीतमा केशव र रिनाकै आवाज रहेको छ । दशैँ आयो गीतका शब्द रचनाकार संकल्प सुवेदी हुन । गीतको म्यूजिक भिडियोमा पछिल्लो समयमा धेरै रुचाईएका मोडल बिपिन क्षेत्री र रिना के.शी. को रहेको छ । म्यूजिक भिडियोको निर्देशन कुमार के.सी. ले गरेका हुन भने छायाँकार महेश महरा हुन ।
हेर्नुहोस भिडियो :









