१२ असोज
अहिले रविना बादी निकै चर्चामा रहेकी छिन् ।उनको आफ्नो दुखदायी जीवनका घटना र आफ्नो सानो छोराका कारण उनी धेरै चर्चामा आएकी हुन् ।अहिले उनको अभिनीत एक नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनु चौधरीको आवाजमा रहेको गाउँघरको बोलको गीतमा रविना बादीसँगै उत्तम विष्टले अभिनय गरेका छन् ।
हेंजलको रचना तथा संगीत रहेको यस गीतमा निर्देशन पनि हेंजलको नै रहेको छ । यस गीतको भिडियो सम्पादन भने विष्णु खड्काले गरेका छन् ।









