संजय रेग्मी
अशोज ४, २०७५
पर्वत : मोडलिङ क्षेत्रमा प्रवेश गरेर छोटो समयमै चर्चामा आएका मोडल जितेन क्षेत्री राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको लागि नोमिनेशनमा परेका छन । बक्स अफिस ईन्टरनेशनल ग्रुपको प्रस्तुतीमा रहेको अवार्डका लागि क्षेत्री लोक दोहोरी मोडलको बिधाबाट नोमिनेसनमा परेका हुन । क्षेत्रीले कारुणिक रुपमा अभिनय गरेको गीत चितामाथि लासको म्यूजीक भिडियोबाट उनी नोमिनेसनमा परेको आयोजकले जानकारी दिएको छ । जितेनलाई आप्mनो मत जाहेर गर्नको लागि मोबाईलको म्यासेज बक्समा गएर B 56 F टाईप गरी ३४३४३ मा पठाउनुपर्ने छ । बक्स अफिसका यो सहित अन्य अवार्डहरु पनि यही अशोजमा सिंगापुरमा हुने बिशेष कार्यक्रममा वितरण गरिने छ ।









