१ असोज
काठमाडौं । साउदी अरबमा काम गर्न जाने नेपालीको तलब ६ वर्षपछि पुनरावलोकन भएको छ । नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल ९करिब ३९ हजार रुपैयाँ० न्यूनतम तलब निर्धारण गरेको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको उक्त प्रस्तावलाई स्विकृत गरेको हो । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० गरी १३०० रियाल दिनुपर्नेछ ।
यसअघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा थियो ।
सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन्।









