काठमाडौं। नायिका कंगना रनावतका कारण बलिउड फिल्म ‘दी क्विन अफ झाँसी’का निर्देशकले फिल्म छाड्ने भएका छन् । भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता कृषले कंगना रनावत अभिनीत महत्वाकांक्षी फिल्म ‘मणिकर्णिका– दी क्विन अफ झाँसीको बाँकी काम नगर्ने भएका हुन् ।
हिरोइन कंगनाले निर्देशक कृषमाथि देखाएको दुर्भावका कारण फिल्म छाडेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । फिल्मको अधिकांश दृश्य सुटिङ भइसकेको भएपनि नायिक कंगनाले केही सिनको फेरि सुटिङ गर्ने भनेपछि नायिका र निर्देशकबीच विवाद बढेको बताइएको छ ।
यता, निर्देशक कृष भने कुनै पनि सिन फेरि सुटिङ गर्ने पक्षमा नदेखिएको बताइन्छ ।
मणिकर्णिका झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधारित बायोग्राफिकल फिल्म हो ।एजेन्सी









