१९ भदौ
पर्वत । पर्वतको फलेवास नगरपालिका १० कुर्घामा नवजात शिशुको लास फेला परेको छ । नहरमा तैरिरहेको अवस्थामा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

भर्खरै जन्माएको शिशु सो नहरमा बगिरहेको अवस्थामा भेटिएको प्रहरी चौकी देविस्थानले जनाएको छ ।

नहरमा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।