२६ साउन
पर्वत । पर्वत जिल्लाभरी कार्यक्षेत्र भएको सामूदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्धघाटन गर्दै संघिय संसदका सदस्य लालकाजी गूरुङले सहकारीको माध्यम वाट समाजवाद ल्याउन सकिने वताउनू भयो । उहांले सवैका लागी एक र एकका लागी सवै भएकाले धनी र गरीव विचको मध्यस्थता गरि वित्तिय सेवा दिने भएकाले सहकारीले नै समाजवादलाई प्रयोगमा ल्याउने धारणा राख्नू भयो । सामूदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्रामिण स्तरमा पु(याएको सेवाको प्रशसां गर्दै भविश्यमा जिल्लाभरी कार्यक्षेत्र वनाएर अगाडी वढ्न सूझाव दिनू भयो । उहांले सरकारको आलोचना गर्दै अहिले महंगी नियन्त्रण गर्न नसकेर सरकार रमिते वनेकोे वताउनू भयो । सवै काममा कर लगाएर सरकार आलोचनाको पात्र भएको छ । वालकृष्ण ढूड्गेल जस्ता सर्वोच्च अदालतले जगन्य अपराधमा दोषि ठहराएका व्यक्तिलाई कैद मिनाहा गरेर खूलेआम विधिको शासनको उल्लघन गरेको छ । जेष्ठ नागरीक भत्तामा कर लगाएको छ । जनतालाई झूटा आश्पासन वाडेर सपनाको राज चलाएकाले यो सरकार असफल भएको वताउनू भयो ।
जनता दिन दिनै महड्गीको चपेटामा परेकाले दिनानूदिन गरिवी वढाएकाले सहकारी जस्ता संस्थाहरु खोलेर गरिवि निवारणमा सहयोग पू-याउन आहन गर्नु भयो ।

कार्यक्रममा कूश्मा नगर उप प्रमूख सीता काप-ले लामिछानेले सहकारी भनेको सवै मिलेर संगसगै कार्य गर्ने भएकाले सहकारीमा सवैको एकै मन र एकै धारणा भएर कार्य गरेमा गरिवी निवारणमा सहयोग पूग्ने वताउनू भयो । यस सामूदायिक सहकारीलेले जिल्लाका सवै पालिकामा पूगेर सेवा प्रदान गर्न आहन गर्दै सामूदायिक सहकारीले गरेका कार्यहरुको प्रशंसा गर्नु भयो । गरिवी निवारणको प्रमूख आधार वित्तिय कारोवार भएकाले श्रोत र साधानको अभामा उद्यम गर्न नसकेका महिलाहरुलाई यस सहकारीले लगानी गरि आयआर्जन गर्न सहयोग गर्न अनूरोध गर्नुभयो । सामूदायिक सहकारीमा ऋण लिन गएमा श्रोत र साधनको अभावका कारणले कूनै व्यक्ति उद्यमशिलता गर्न वाट रोकिनू नपर्ने उहांको धारणा थियो ।

त्यसै गरि कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा शेयर सदस्य चित्रकला शर्माले सामूदायिक सहकारीले गरेका कार्यहरुको प्रशसा गर्नु भएको थियो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनथ शर्माले सहकारीका कार्यहरु उद्योग वाणिज्य संघले नजिक वाट हेरेकाले उद्यमी र व्यवसायीलाई सूलभ कर्जा लगानी गर्न आग्रह गर्नुभयो । पर्वतको धेरै सदस्य भएको यस सहकारीले अन्य पालिकाहरुमा पनि सेवा विस्तार गर्न सूझाव दिनू भयो । ग्रामिण कृषि सहकारीका अध्यक्ष लेखनाथ शर्मा लगायतले शूभकामना दिनू भएको थियो ।
कार्यक्रममा एस ई ई मा पर्वत जिल्लामा सामूदायीक विद्यालय तर्फ द्धितिय स्थान हासील गर्ने शेयर सदस्य माधव शर्माका छोरा सिद्धान्त पौडेललाई नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको छ । त्यसै गरी विगत वर्षमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य नारायण वहादूर कूंवर र क्यामू कूमारी थापालाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सामूदायिक वचत तथा ऋण सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्रीले आ व ०७४्\०७५ को प्रगती तथा ०७५्\०७६को प्रस्तावित कार्यक्रम प्रस्तूत गर्नु भएको थियो । त्यसै गरि कोषाध्यक्ष पृथ्वी नारायण शर्माले आर्थिक प्रगती तथा चालू आ व का लागी अनूमानीत १३ करोडको वजेट प्रस्तूत गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्रीले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष जित वहादूर नेपाली र कार्यक्रम संचालन सदस्य मूना शर्मा लामिछानेले गर्नु भएको थियो ।
२८४ जना शेयर सदस्य भएको यस सहकारीले आगामी आ व मा जलजला र मोदी गाउपालिका सेवा क्षेत्र विस्तार गर्ने निर्णय गरिएको छ ।
वि सं २०५६ सालमा सामाजिक अभियान्ता ऋषिकेश तिवारीको अगूवाईमा मुडिकूवामा स्थापना भएको यस सहकारीले १९ औ वर्ष पारगरेको छ ।