२४ साउन
धनगढी । झण्डै तीन बर्षपछि तोकीएको टीकापुर घटनाको पहिलो पेशी पनि सरेको छ । जिल्ला अदालत कैलालीले आजका लागि तोकेको पहिलो पेशी ३० गतको लागि सारेको जनाएको छ ।
जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेकाले पेशी सारिएको अदालतका नायव सुब्बा भानुभक्त पाण्डेले बताए ।

जिल्ला न्यायाधीश भट्टराई स्वास्थ्य उपचारपछि आजै फर्केपनि अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा चढेकाले सुनुवाइ हुन नसकेको उनले बताए । मुद्दाको प्रतिवादी तर्फबाट वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीका अनुसार ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने छ ।