२१ साउन
सचिन्द्र श्रेष्ठ,काठमाडौ , नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए , श्रोताको साथ सहयोग प्राप्त गरे । साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन,तिमी लाई दोबाटोमा, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरीलगायतका दर्जनौ गीतले उनलाई आजका दिनमा पनि फुर्सद नमिल्ने स्थानमा पुर्यायो । तर, बेला बेला भने उनले फाटफुट्टा गीत रेकर्ड गराएका छन । श्रोताहरूले त भन्न थालिसके, कता हराए पपगायक नवीन के भट्टराई भनेर भनी रहदा हाल अहिले नया गीत दर्शक माझ ल्याएका छन।
‘अनिदो भए’ बोलको गीत सार्बजनिक गरेका छन।
नविन के भट्टराई कै संगीत रहेको गीतमा नविना भट्टराईको शब्द रहेको छ ।
भने उक्त म्युजिक भिडीयोमा दिपान्स भन्डारी र रोजा खड्गीको अभिनय देख्न सकिन्छ । भिडीयोमा अनुप गिरीको निर्देशन, छायांकन र सम्पादन रहेको
छ ।









