१९ साउन
काठमाडौं– नयाँ बसपार्क क्षेत्रका होटल तथा गेष्ट हाउसमा छापा हानी प्रहरीले २० महिला तथा ३२ पुरुष पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो। शंकास्पद रुपमा बसेका युवक युवतीलाई पक्राउ गरिएको बसपार्क प्रभागद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
पक्राउ परेकाहरुलाई प्रहरीले अभिभावकको जिम्मा लगाएर बुझाएको छ। ईन्फोखवर वाट