१७ साउन

पर्वत ,कुश्मावाट थापाठाना जाँदै गरेको ग १त २८२२ नम्बरको ट्याक्टर ज्ञादी गायत्री भन्ने ठाउँमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १६ बर्षका कमल नेपालीको घटना स्थलमै मुत्यु भएको छ । चालक विवेक नेपाली सहित अर्का नाम नखुलेका एक जना घाईत भएका छन् । घाईतलाई प्रहरीको टोलीले पोखरा उपचारका लागि लगेको छ ।

गायत्री भन्ने ठाउँको घुम्टीमा ट्याक्टर दुर्घटना भएको हो । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।