१७ साउन
काठमाडौं । नेपाल प्रहरीका ९५ प्रहरी नायब उपरीक्षक ( डिएसपी ) को एकैपटक सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एकैपटक डिएसपीहरूको सरूवा गरेको हो । प्रहरी महानिरीक्षकको साउन १६ को निर्णय अनुसार साउन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरिएको हो । यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे प्रहरी प्रधान कार्यालय सुरक्षाा सेवा निर्देशनालयमा सरूवा भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत भूवनेश्रवर तिवारी पर्वत आउने भएका हुन् ।









