१६ साउन
सचिन्द्र श्रेष्ठ बागलुङ, करिब एक महिना भन्दा अघि देखि ए–प्लास्टिक एनिमियाबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष एवं सत्कर्म नेपाल तथा नागरिक संजालमा मानव अधिकारकाे क्षेत्रमा कार्यरत विजय रानाको उपचारको लागि साझेदारी नागरिक संजालले आर्थिक अभियान सुरु गरेको छ । बागलुङकाे जैदिमा जन्मिएका राना, अार्थिक अवस्था कमजाेर भएपनि नेपालमै बसेर संचार र मानव अधिकार जस्ताे सामाजिक सेवामा संलग्न भएका रानालाई एक्कासि रोग लागेपछि टिचिंङ अस्पताल काठमाण्डाैमा उपचारर्थ छन।
संजालले आर्थिक अभियानको १०अाै दिन सम्ममा १ लाख ५० हजार भन्दा बढ़ी सहयोग संकलन गरेको साझेदारी नागरीक संजालले जनाएकाे छ। अार्थिक सहयाेगमा बिधालय, सहकारी, बैक, संघसंस्था र विशेष गरि ब्यक्तिगत मानबिय सहयाेग संकलन भएकाे हाे। रानाको उपचारका लागि लाखौँ रकम लाग्ने हुँदा परिवारबाट यत्रो रकम अाफै ब्यहाेर्ने सामर्थ्य छैन । यस अवस्था भए पछि उपचारमा समस्या हुने भएकाले आर्थिक अभियान संचालन गरीएकाे संजालका संयाेजक समेत रहेका सीताराम थापाले बताऊनु भयो।
आफुहरुले सहयोग अभियान संचालन गरी रकम संकलन गरी रानाको उपचारको लागि केही राहात पुर्याउने उद्देश्यले अभियानलाई तिव्र पारिएको संजालकाे सदस्य अधिबक्ता काजिगाउले श्रेष्ठले बताउनु भयो।
अभियानमा मुख्य रुपमा के कति रकम उपलब्ध संकलन गरियाे भन्ने नियमित रुपमा संचारमा प्रवाह गरिने याेजना रहेकाे छ।
अभियानलाई अझै केही दिनसम्म तिव्र पारी केही रकम जुटाएर उपचार्थ रानालाई पत्रकार लाई समेत जानकारी गरि हस्तान्तरण गरिने संजालकाे सचिवालय सत्कर्म नेपालले जनाएकाे छ। उनकाे उपचारकाे लागि बागलुङ नगरमा घरदैलाे, बिधालय, कार्यालय लगायत घरदैलाे अभियान संचालन गरीने पनि संजालले जनाएकाे छ।
यस अभियान बारे पारदर्शिता र जवाफदेहि एवं बिस्वासनिय बनाउन नियमित अभियान बारे संचार जगतले प्रशारण गरिदिन पनि अाब्हान गरिएकाे संजालका सदस्य बरिष्ठ अधिबक्ता कृष्ण शर्मा न्युरेले भन्नू भयाे।
संजालकाे टोलि अाउदा तन, मन र बचनले सबै क्षेत्र बाट अार्थिक सहयाेग गरिदिनुहुन नागरीक संजाल हार्दिक अाब्हान समेत संजालका संयाेजक थापा बताउनु हुन्छ।









