१४ साउन
पर्वत । कालीगण्डकी नदीमा दोहन गर्ने सवारीसाधानहरु पुन पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका वडा न १ राजाको वगर स्थित कालिगण्डकी नदिको किनारवाट विल भरपाई नभई अवैध रुपमा लुकिछिप नदिजन्य पदार्थ वालुवा उत्खनन गरेको अवस्थामा ६ वटा ट्याक्टर र एउटा टिप्पर पक्राउ परेका हुन् ।

नदी किनारमा हेव्वि एक्युपमेण्ट प्रयोग गरि र आवश्यक कागजात नभएका ति सवारी साधनलाई नदीमा खोस्रिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पछिल्लो समय दिनदिनै नदी किनारमा अबैध रुपमा उत्खनन गर्ने गरिएको छ ।

ध १ त ३०४ न को ट्याक्टर, ध १ त ५१०९, ग १ त ११०६ , ध १ त ३६३, ध १ त ३६६,र ग १ त ४८६४ न को ट्याक्टर र ग १ ख ३५८४ न को टिप्पर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका साधानहरुलाई आवश्यक कारवाहीको लागी कुश्मा नगरपालिकाको कार्यालय कुश्मा पर्वतमा पठाईएको छ ।