११ साउन
धरान । धरानमा जनप्रतिनिधि समेत संलग्न एक समूहले सांघातिक हमला गरी धरान १६ का दिपेश थपलियालाई सख्त घाइते बनाएको छ । आफुसंग चिनजान समेत नभएका धरान १६ का दिपक आचार्य, गोकुल राई र मनोज विष्टले विना कारण सामुहिक आक्रमण गरेको घाइते थपलियाले बताएका छन् ।

आचार्य धरान १६ का जनप्रतिनिधि वडा सदस्य समेत हुन् । तीनै जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा थपलियाले ज्यानको शान्ति सुरक्षा र हदै सम्मको कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनीहरु फरार भएका छन् ।

जनप्रतिनिधि जस्तो व्यक्ति नै गुण्डागर्दीमा लागेपछि जनताको शान्ति सुरक्षा कसरी हुन्छ ? भन्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सह–सचिव प्रेमकुमार राईले आपत्ति जनाएका छन् । उनले विना कारण जथाभावी मान्छे कुट्दै हिंड्ने माथि कारवाही हुनुपर्ने बताए । हाम्राकूरावाट