१० साउन
पर्वत । जिल्ला कारगार पर्वतमा रोटरी क्लव अफ पर्वत र अमरटिका फाउण्डेशनको सहयोगमा एक थान एल ई डि टेलिभिजन कारागारका चौकीदार विनोद सूवेदी र संगीता रेग्मीलाई हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण समाहरोहमा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष तथा अमर टिका फाउण्डेशनका अध्यक्ष विश्व प्रकास प्रसाईले विभिन्न कारण र वाध्यताले कारागारमा कैदी वन्दि जिवन विताईरहेका व्यक्तिहरका लागी सकरात्मक परिवर्तन र सूचना साथै मनोरन्जनमा सहयोग पू-याउनका लागी टेलिभिजन हस्तान्तरण गरेको धारणा राख्नू भयो । उहांले मानविय सेवामा कार्यरत रोटरी ईन्टरनेशनल र अमरटिका फाउण्डेशनले आगामी दिनमा आवश्यकता अनूसार सेवा गर्दै जाने वताउनू भयो । कैदि वन्दीहरुलाई विगतका कमीकमजोरीलाई सूधार गर्दै कारागारलाई एउटा सूधार गृहको रुपमा लिनूपर्ने धारणा राख्नू भयो ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पूर्व अध्यक्ष गोपी अधिकारी,जिल्ला कारागारका प्रमूख मोहन प्रसाद उपाध्याय लगायतले धारणा राख्नू भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पूर्व अध्यक्ष शिव शर्मा पौडेल, रोटरी क्लव अफ पर्वतका पूर्व अध्यक्ष तथा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गाणेश वहादूर क्षेत्री, लायन्स क्लव अफ कूश्मा सीटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञासू ,रोटरी क्लव अफ पर्वतका आगामी अध्यक्ष लेखनाथ शर्मा,सचिव कृष्ण प्रसाद शर्मा लगायतका दर्जनौ रोटरीयन हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन रोटरी क्लव अफ पर्वतका उपाध्यक्ष उत्तम प्रसाद अधिकारीले गर्नु भएको थियो ।
७४ जना पूरुष र ५ जना महिला वन्दिहरु रहेको जिल्ला कारागारका प्रहरी ईन्चार्ज होम वहादूर गोदारले जानकारी दिनू भयो ।
Home Flash News रोटरी क्लव र अमर टिका फाउण्डेशनले जिल्ला कारगारका कैदी वन्दिहरुलाई टेलिभिजन हस्तान्तरण









