साउन १०, पर्वत । जिल्ला प्रशासन कार्यालयवाट नयाँ नागरिकता लिनेहरु अव मतदाता नामावलीमा स्वतः सूचीकृत हुन थालेका छन् ।
निर्वाचन आयोगले २०७५ बैशाख २ गते देखी सुरु गरेको नामावली संकलन कार्यक्रममा ज्यादै न्यून मतदाताको सहभागिता भएपछि साउनदेखी जिल्ला प्रशासन कार्यालयवाट नागरिकता लिनेहरलाई अनिवार्य मतदाना नामावलीमा नाम सूचीकृत गर्नुपर्ने व्यवस्था मिलाएको छ ।
निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालयवाट नागरिकता लिनेलाई नयाँ मतदाता नामावलीमा नाम सूचीकृत गर्ने व्यवस्था गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय परिपत्र गरेको थियो । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले साउन १ गतेवाट यो व्यवस्था अनुरुप मतदाता नामावलीमा नाम सूचीकृत गर्ने कार्य भईरहेको बताउनु भयो ।
‘मतदाता नामावली संकलन कार्यक्रम प्रभावकारी र सफल बनाउन यस्तो व्यवस्था गरिएको अधिकारी शर्माले जानकारी दिनभयो । जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न) विवरण सच्याउन र नामावलीबाट नाम हटाउनका लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गर्नका लागि सम्बन्धित व्यक्ति जिल्ला निर्वाचन कार्यालय आउनुपर्ने व्यवस्था मिलाएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
निर्वाचन आयोगले ०७५ वैशाख २ देखि अर्काे निर्वाचनको मिति घोषणा नहुँदासम्म हरेक वर्ष मतदाता नामावली संकलन गर्ने नियमित कार्यक्रम अन्तर्गत मतदाता नामावली संकलन कार्यक्रमलाई अगाडि बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा टोली नै खटाएको छ ।









