९ साउन
काठमाडौं । ‘बोल माया’ गीतबाट गम्भीर गायिकाको छवि बनाएकी शान्ति श्री परियारको स्वरमा आर्के मनै रुवाउने गीत बजारमा आएको छ । मौलिक नेपाली भाकाको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक लयमा मनै छुने भावुक शब्दहरुसहित परियारको स्वरमा ‘चेलीको बेदना’ बोलको नयाँ मौलिक गीत तथा भिडियो बजारमा आएको हो ।
‘चेलीको बेदना’ बोलको यो गीतमा गायिका शान्ति श्री परियारलाई गायक जय देबकोटाले साथ दिएका छन् । गायक देबकोटाकै संगीत रहेको गीतका शब्दहरु गायत्री थापाले लेखेकी हुन् । डि.आर सुजन शम्भु कुवर र बिमा अनुरागीको स्वर रहेको छ । निकै भावनात्मक र बेदनापूर्ण यो गीतको भिडियो पनि निकै उकृष्ट बनेको छ ।
भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, जय देबकोटा, गायत्री थापा तथा भरत शाहलगायतको अभिनय रहेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । यो भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो । छोटो समयमै भडियोले उल्लेख्य दर्शक पाएको छ ।
भिडियो हेर्नुहोस :
https://youtu.be/Y86G22ONBoI









