६ साउन
पर्वत । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएकोा शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रहरी लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो । तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग वस्नेत,प्रेस यूनियनका महासचिव अजयवावू सीवाकोटी,तरुण नेतृ तथा महाधिवेशन प्रतिनिधि समेत रहेकी पर्वतकी मुना भुषाल घाइते भएका छन्। हिजो भएको झडपमा सयौ घाइते भएका थिए ।
तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) ले सरकार दुइ तिहाइ बहुमतको दम्भमा तानाशाही बन्दै गएको बताए । उनले सरकारले इतिहासमै नभएको गलत कार्य गरेका कारण अब तरुण ले त्यसको प्रतिबाद गर्ने बताए ।
उनले ओली सरकार प्रेस माथि पनि आक्रमण गर्दै गएको भन्दै सरकारले सवै क्षेत्रबाट नागरिकलाई अधिकारबाट वन्चित गर्नको लागि परेको भन्दै त्यसको विरुद्धमा उत्रिने चेतावनी दिए । लोकतन्त्रमा सरकार नागरिक देखि डराउन पर्नेहो तर यहां सरकारदेखी नागरिक डराउनूपर्ने भएको छ भन्दै तानसाही सरकार संग जनता डराएको धारणा राख्दै सरकारले तानासाही रवैया वन्द नगरेमा तरुणदल शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उक्त विरोध कार्यक्रममा सयौको संख्या तरुणहरु उपस्थित भएका थिए । कूश्मा वजारको लोकतन्त्र चोक वाट शूरुभएको जूलूस वजार परिक्रमा गरि जिल्ला प्रशासनमा गएर कोण सभा गरि टुड्गीएको थियो ।
उनले आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वाथ्यलाभको कामना समेत गरेका छन् ।









