४ साउन
पर्वत,नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफ्नो पहलमा जिल्लाका अशक्त र अपाङ्गहरुलाई उपलब्ध भएको सहयोग रकम आजपनि पीडितहरुको घरदैलोमै पुगेर हस्तान्तरण गर्नुभएको छ । नेता जोशीले आफ्नो पहलमा नेपाल सरकारले उपलब्ध गराएको सहयोग रकम लामो समयदेखि प्यारालाइसिसबाट पीडित जलजला गाउपालिका वडा नं ४ माझफाटका मने दमाईलाई एकलाख, शारीरिक अशक्त पून्यबहादुर घर्तीलाई ५० हजार र जलजला १ बा“सखर्कका चममाया गर्वुजालाई ५० हजार रुपैयाको चेक आज पीडितहरुको दैलोमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरणपछि बोल्दै केन्द्रीय सदस्य जोशीले राज्यबाट वितरण हुने सहयोग पनि प्राय काठमाडौमा बस्ने र नेताको वरिपरि घुम्ने टाठाबाठाहरुले मात्रै लिने गरेको र सर्वसाधारणको पहु“च भन्दा बाहिर रहने गरेकोमा आफूले कडा मेहनत गरेर यसपालि गरीब, अशक्त र असहयहरुमा ल्याउन सफल भएको वताउनु भयो । उहा“ले आफू चुनाव प्रचारको क्रममा जनताको घरदैलोमा जादा पीढिको डिलमा सुतेका यी अशक्तहरुलाई देखेपछि स्थानीय कार्यकर्ताको सिफारिसको आधारमा केन्द्र सरकारसग माग गरेको र मन्त्रालयमा पटक–पटक धाएर यो रकम उपलब्ध गराएको जानाकारी दिनुभयो । नेता जोशीले आफू संसदमा नरहेपनि जनताको सेवाका लागि हरपल तयार रहेको वताउदै जिल्लाका अशक्त, असहय, र प्रकोपबाट पीडितहरुका लागि सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेता जोशीले यसअघि आफुनो पहलमा सरकारबाट उपलब्ध भएको लाखौं रुपैयाको राहत सहयोग पीडितहरुको घरदैलोमै पुगेर वितरण गरिसक्नुभएको छभने बाकी रहेको सहयोग क्रमश वितरण गर्दै जाने वताउनु भएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, जलजला गाउपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, नेपाली काग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी र उद्योग बाणिज्य संघ मल्लाज उपशाखाका वरिष्ठ उपाध्यक्ष चित्रराज रेग्मी लगायतले बोल्नुभएको थियो ।









