४ साउन
काठमाडौँ । डा। गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ । झडपमा परि हाम्रकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकवटी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत,तरुण नेतृ मूना भूषाल लगायत दर्जनौ घाइते भएका छन् । तरुणदलका अध्यक्षको टाउकोमा रगत लत्पतिएको छ । प्रहरीले लाठि चार्ज गर्दा उनलाई टाउकोमा लागेको थियो। उनि सडकमा नै मा नै ढलेका थिए ।
प्रदर्शनकारीलई प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले वर्वर तरिकाले लाठी वर्साएको थियो । प्रहरीले अश्रग्यासका सेलहरु प्रदर्शनकारीतर्फ फ्याक्दै लाठीचार्ज गरेपछि रिपोर्टिङमा गएका नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रकुरा डटकमका प्रधान सम्पादक शिवाकोटी घाइते भएका हुन्। घाइते हुनेमा प्रहरी इन्सपेक्टर खेम नेपाल पनि रहेका छन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । नयावानेश्रवर क्षेत्र रणभूमीमा परिणत भएको छ । निजि कामका लाग िगएका मन्त्रीको गाडी समेत प्रर्शनकारीले फूटाईदिएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको थियो । नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको थियो । घाईतेहरुको अहिले अस्पतालमा उपचार भईरहेको छ ।