प्रदेश सांसद ललितकला गुरुङले संसदमा विशेष समय लिएर पहिरोबाट पिडित बनेकाहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार गण्डकी प्रदेशको संसद बैठकमा कांग्रेसकी सांसद गुरुङले पहिरोले घर बनाउँदा घाईते भएका जलजला ७ धाईरिङका नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्यलाई सरकारले उपचारमा सहयोग गर्नुपर्ने भन्दै गण्डकी सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

शुक्रबार नै घाईतेहरुलाई पोखराका अस्पतालमा नै पुगेर भेटेकी थिईन् । घाईतेहरुलाई भेट्दै उनले व्यक्तिगत र सरकारको पक्षबाट उपचारमा विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएकी हुन् । मृतक परिवारको परिवारलाई उचित राहत र घरवास व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताईन् ।

पर्वतमा पहिरोबाट पछिल्लो समयमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको विषयमा संसदमा नै पहिलोपटक गुरुङले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
पहिरोबाट निधन भएकालाई श्रद्धाञ्जली तथा घाईतेलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले गरेकी थिईन् ।

अविरल बर्षातका कारण रातको समयमा आएको पहिरोका कारण उनीहरु घाइते भएका थिए । पहिरोले उनीहरुको घरमा समेत क्षति पुराएको छ । सोहि दिन पहिरोका कारण जलजला ८ नाङलीवाङका १६ बर्षिय विकास परियारको मृत्यु भएको थियो ।
पहिरोमा परी घाइते हुनेहरुको पोखरामा उपचार भईरहेको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको बताइएको छ । घाइतेहरुलाई नेपाली सेनाले उद्धार गरी बागलुङ अञ्चल अस्पतालमा पठाएको थियो । अञ्चल अस्पतालबाट उनीहरुलाई पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रिफर गरिएको थियो ।