४ साउन
कैलाली- प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन परियोजनाका कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवलाई २५ हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
कैलारी गाउ“पालिका वडा नम्वर ८ मा रहेको कार्यालयमा सेवाग्राहीवाट घुस वापत लिएको २५ हजार नगद सहित रंगेहात पक्राउ गरिएको हो ।
गहु“वालीको चक्रको वृत्तचित्र निर्माण गर्ने सम्झौता अन्तर्गत भ्याट सहित ५० हजारको काममा ५० प्रतिशत अर्थात २५ हजार घुस खाने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो ।
वृत्तचित्र निर्माणका लागि काम पाएका पत्रकार सुशिल ढुंगानावाट रकम लिने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेका हुन् । पक्राउ परेका प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन परियोजनाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवलाई थप कारवाहीका लागि बिहिबार काठमाण्डौ पठाईने भएको छ ।









