२ साउन
दुर्घटना र आपतकालीन अवस्थाबाट बच्ने तालिम दिइरहेका समयमा एक किशोरीको घरो दोस्रो तलबाट खसेर ज्यान गएको छ । घटना हो भारतको । स्कुलमा दुर्घटना र आपतकालीन अवस्थाबाट बच्ने तालिम दिने क्रममा १९ वर्षकी किशोरी लोगेश्वरी नागामलको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दक्षिण भारतको तमिलनाडुमा रहेको कोएंबटुरमा बस्ने ती किशोरी कलेज अफ आर्टस एण्ड साइन्सबाट बिबिए गर्दै थिइन् । घटनामा प्रशिक्षकले उनको हत्या गरेको समेत केहीले आरोप लगाएको भारतीय मिडियाले उल्लेख गरेक छन् ।

जुन दुर्घटनाको भिडियो समेत कैद भएको छ । उक्त तालिमका क्रममा दुर्घटना हुनसक्नेप्रति सबै त्यअघि नै सजग भएर तल जाली लिएर अन्य प्रशिक्षार्थी बसेपनि उनको टाउको पत्थरमा ठोकीए लगत्तै ज्यान गएको बताइन्छ । दुई तलामाथीबाट फदालेकी उनी जालीमा बस्नुपर्ने थियो तर उनका प्रशिक्षकले उनलाई माथिबाट तल खसाल्न धक्का दिएपछि उनी पत्थरमा ठोक्किए लगत्तै मृत्यु भएको थियो । घटनामा प्रशिक्षकले उनको हत्या गरेको समेत केहीले आरोप लगाएका छन् । भिडियोमा उनका प्रशिक्षकले उनलाई माथिबाट तल खसाल्न धक्का दिएको देख्न सकिन्छ ।