२ साउन
पर्वत । पर्वत जिल्लाको जलजला गाउंपालिका वडा नं. ७ नाग्लीवाडको लस्ती वेरेनेटामा वम वहादूर परियारको घर वगाउदा १६ वर्षिय छोरा विका परियार सम्पर्क विहिन भएका छन् । हिजो राती गएको अविरलवर्षका कारण सोहि ठाउंमा पहिरोले ४ वटा घर वगाएको छ । उक्त स्थानमा थप ५ जना मानिस वेपत्ता भएको कूरा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्र कूमार श्रेष्ठले जानकारी दिए ।
सम्पर्क विहिन भएकाहरको पूर्ण विवरण भने प्राप्त भएको छैन । जिल्ला वाट प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाल,रेडक्रसका सभापती रुद्य्र वहादूर रिमाल लगायतको टोली घटनास्थल तर्फ गई रहेको छ । विच विचमा पहिरो गएका कारण उक्त स्थान सम्म टोली पूग्न कठिनाई भएको छ ।
कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटको कालिगण्डकी करिडोर विद्यूत सवस्ेटशन वाट पहिरो खस्न गई नयापूलको राजमार्गमा क्षती पू-याई सडक अवरुद्ध गरेको छ । नयापूलको समथर भूमिलाई पहिरोले क्षति पु-याएको छ ।
त्यसै गरि जलजलाको फर्से भन्ने स्थानमा एउटा ट््याक्सी पहिरोले वगाएर कालिगण्डकीको किनार सम्म पु-याएको छ । उक्त ध १ ज ५४२ नम्वरको ट्याक्सीमा यात्रूहरु भने नभएकाले मानविय क्षेती भएन भएन । ट्याक्सी चालक भने ट्याक्सी छाडेर भग्न सफल भए । ट्यक्सी सडक देखी ५०० मिटर तल वगाएको छ । ट्याक्सी पूर्ण क्षती भएको छ ।
जलजला गाउंपालिको ७ नम्वर वडामा पनि पहिरोले क्षती पु-याएको छ । भिमलाल आचार्यको घर पहिरोले पूर्ण क्षती पु-याएको छ । घर भत्किदा परिवारका ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेको उपचार भईरहेको र थप विवरण प्राप्त भई नसकेको प्रहरीले जनाएको छ ।