३० असार
पर्वत । लघुउद्यम विकास कार्यक्रम अन्तरगत फलेवास नगरपालिकाको वडा नं. ६ मा कूखूरा पालन गर्ने ८ जना किसानहरुलाई खोर निर्माणका लागी एक,एक वण्डल टिन र कूखुरे जाली हस्तान्तरण गरिएको छ । व्यवसाय सृजना तालिम प्राप्त गरि १५ दिने कूखूरा पालन तालिम प्राप्त गरेका किसानहरुलाई प्रविधि हस्तान्तरण गर्दै फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले प्रत्ेयक किसानलाई लघुउद्यमको माध्यम द्धारा घरघरमा रोजगारी सृजना गर्ने वताउनु भयो । उहांले नगर सरकारले उद्यम गर्न चाहनेलाई व्यवसायिक वन्न आग्ह गर्नुृ भयो । अव एक दुई वटा हैन आफूलाई छाक टार्ने मात्र उत्पादन गर्ने हैेन व्यवसायिक वन्ने गरि,निर्यात गर्ने गरि उत्पादन गर्नु पर्दछ त्यसका लागी नगर सरकारले चाहिने जति सहयोग पूयाउने प्रतिवद्धता जनाउनू भयो । कार्यक्रममा सहयोग पूयाउने घरेलु तथा साना उद्योग विकास समिति पर्वत,लघुउद्यम विकास कार्यक्रम,चौतर्फी विकास श्रोत मन्च पर्वत,ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लूङ्ग समेतलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त कार्यक्रममा घरेलू तथा साना उद्योग विकास कार्यलयका वरिष्ठ उद्योग अधिकृत विष्णू प्रसाद न्यौपानेले तालिममा सिके अनूसार प्राप्त प्रविधि सहयोगले उद्यमीको जिवनमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नु भयो । कुखूराको खोर तयार भए पश्चात चल्ला वितरण गर्ने समेत वताउदै उहांले सेवा प्रदायक संस्थाले राम्रो कार्य गरेकोमा प्रशंसा समेत गर्नु भएको थियो ।
यस आ व मा लघूउद्यम विकास कार्यक्रमको साझेदारीमा फलेवास नगरपालिकामा २० जना नया उद्यमी सृजना गरिएको छ । जस्मा १२ जनाले नागा सल वून्ने तालिम प्राप्त गरि ६ वटा तान समेत प्राप्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता फलेवास नगर कार्यपालिकाका सदस्य निर्मला भूषालले गर्नु भएको थियो भने स्वागत तथा कार्यक्रमवारे जिल्ला कार्यक्रम संयोजक ज्ञानेन्द्र विक्रम वानियाले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता संगिता परियारले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सेवा प्रदायक संस्था चौतर्फी विकास श्रोत मञ्च पर्वतका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्री र ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लूडका सचिव अनिता तिवारी र सहसचिव सूरेश ढकाल,लेखा सहायक मनिशा भूषाल तिवारी लगायतको उपस्थिति रहेको थियो ।