३० असार
पर्वत । निकै ठूलो सपना बुनेर साउदी अरब पुगेका पर्वत गोदामाका प्रकाश आचार्य शनिबार काठको बाक्समा फीर्ता भएका छन् । नेपालमा शिक्षण पेशामा आवद्ध उनी थप कमाई गर्ने भन्दै गत ०७२ कार्तिकमा साउदी अरब पुगेका थिए । उनी हाल २९ बर्षका थिए ।
घरको परिवारीक अवस्था कम्जोर,सवै परिवारका सदस्य आआफ्नै काममा व्यस्त थिए । घर परिवार, आफ्नो आर्थिक अवस्था र चाहना पुरा गर्ने सपना थियो । मृत्यु हुनु भन्दा केही हप्ता पहिले उनले कुश्मामा रहेकी वहिनीलाई आफ्नो अन्तिम अवस्थाको बारेमा जानकार गराएका थिए ।
पर्वत कुश्मामा प्रकाशको मृत्युको अपुष्ट खवर प्राप्त भयो । गत जुन २१ मा उनको निधनको समाचार आयो ।

शुक्रबार उनको शव काठमाडौ ल्याईएको थियो । शनिबार विहान करिब ९ः४५ बजेको समयमा उनको शव कुश्मा उनकै घरमा अएको खवरले पुरा गाउँ नै शोकमा डुव्यो । उनको शव आउना साथ परिवारमा ठूलो रुवा वासी भयो । यहाँ गोदाम निवासी सवै उनलाई अन्तिम श्रदाञ्जलि दिन घरमा पुगेका थिए ।
उनको आज ने गोपाडघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।