३० असार
पर्वत । जनताको काम गर्न चुनाब जित्नुपनि पर्दैन र सत्ता पनि चाहिँदैन भन्ने कुराको उदाहरण काँग्रेस नेता अर्जुनप्रसाद जोशी बन्नुभएको छ । आफू प्रतिनिधिसभाको निर्वाचनमा चुनाब हारेपनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका काँग्रेस केन्द्रीय सदस्य जोशी अहिले पनि रोग र भोकले मर्माहत भएका जनताको घरदैलोमा पुगेर आफ्ना सहयोगी हातहरू फैलाईरहनु भएको छ ।

काँग्रेस नेता तथा निवर्तमान सांसद जोशीले आज जलजला गाउँपालिका वडा नं ६ शालिजाका आगलागिपीडित जगबहादुर पुनलाई ५० हजार रूपैयाँको आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा पूर्ववर्ती देउवा सरकारको पालामा पुनका नाममा निर्णय भएको उक्त सहयोगको चेक आगलागिपीडित पुनलाई आज मिलनचोकमा पुगी हस्तान्तरण गर्नुभएको हो ।

नेता जोशीले यसअघि पनि कुश्मा नगरपालिका ८ चुवाका मृगौलापीडित अनिल विक र थमन विकलाई एकएकलाखस वर्राचौरका भवानी पराजुलीलाई ५० हजार उपलब्ध गराउनुभएको थियो । त्यसैगरि धाईरिङका द्वन्दपीडित रूद्रलाल उपाध्यायलाई दुईलाख, मोदी गाउँपालिका तिलाहारका रणबहादुर जिसीलाई एकलाख उपलब्ध गराउनुभएको थियो भने कुश्मा नगरपालिका २ खुर्कोटका शास्त्रनिधि पाध्यालाई दुईलाख जलजला १ बाँसखर्कका सममाया गर्वुजालाई एकलाख र जलजला ६ का अपाङ्ग घाईते हिमबहादुर गर्वुजालाई ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराई हस्तान्तरण गरिसक्नुभएको छ ।

लामो समयदेखि पर्वतको राजनीतिमा विशेष प्रभाव राख्दै आउनु भएका नेता जोशीले आफू सत्ता र संसदमा नरहँदा पनि जिल्लाको विकास र जनताको सुखदुखमा क्रियाशील भइरहँदा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू समेत आश्चार्यमा परेका छन् ।

नेता जोशीले आर्थिक अभावका कारण उपचारमा समस्या भएका जिल्लाका दर्जनौ व्यक्तिलाई निकट भविस्यमा अरू सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जानाकारी दिनुभयो । ’ म सत्ता र संसदमा नरहेपनि जिल्लामा आर्थिक अभावमा अफ्ठ्यारोमा परेका वा विकासबाट बञ्चितीमा परेकाहरूलाई सहयोगका लागि मेरो अभियान निरन्तर जारी रहन्छ ’नेता जोशीले भन्नुभयो ।

उहाँले उधारो सपनाको व्यापार गरेर सत्तामा पुग्नेहरूसँग जनताहरू परिचित भइसकेको टिप्पणी समेत गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, काँग्रेस महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय,काँग्रेस क्षेत्रीय सदस्य विप्लव हमाल र रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल पनि सहभागी हुनुहुन्थ्यो ।