२९ असार
पर्वत । कूश्मा नगरपालिका वडा नं. ५ ले आ व ०७४\०७५ मा संचालन गरेका वडा भित्रको योजना तथा नागरीकलाई प्रदान गरेका सेवाका वारेमा र्सााजनिक सूनूवाई कार्यक्रम संचालन गरेको छ । आज नागरिकका विचमा आफू निर्वाचित भए पश्चात विनियोजन गरेका योजनाहरु र वडा वाट प्रदान गरेका सेवाका वारेमा कूनै गूनासो,उजूरी भएमा प्रत्यक्ष राख्न वडा अध्यक्ष चित्रकला शर्माले आग्रह गर्नु भयो । उहांले आ व ०७४\०७५ मा वडाले गरेका सवै गतिविधिहरु नागरिकका सामू ऐना जस्तै छर्लड्ग हूने गरि प्रस्तूत गर्नु भएको थियो । उक्त आ व मा ४३ लाख २६ हजार को वजेट खर्च भएको जानकारी दिनू भयो । चालू तर्फ २ लाख ७६ हजार खर्च भएको र पूजिंगत तर्फ ४० लाख ५० हजार खर्च भएको जानकारी गराउनु भयो । विस्तृत रुपमा वडामा खर्च गरिएका रकम सहित योजनाहरु प्रस्तूत गर्नु भएको थियो ।
उक्त योजनाहरु सफल तरिकाले कार्यान्वयन भई भूक्तानी समेत गरेको जानकारी गराउनू भयो । आगामी दिनमा वडाले गर्नु पर्नेकार्यका लागी सूझाव समेत माग्नू भएको थियो ।

उक्त सार्वाजनिक सूनूवाई कार्यक्रममा स्थानिय वडावासी लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री, रामहरी चापागाई,निर्मल वि.क.,सरस्वती श्रेष्ठ लगायतले आपनो धारणा राखेका थिए ।
अधिकांश वक्ताहरुले वडाले पारदर्शी तरिकाले कार्य गरेको सानो वजेट वाट पनि उपलव्धिमूलक कार्य गरेको वताएका थिए । जिल्ला अस्पताल यस वडा भित्र पर्ने भएकाले अस्पतालको सेवा वृद्धिका लागी चासो राखेका थिए । जिल्ला अस्पतालमा भएको पोषण गृह वन्द जस्तै भएकाले पून सूचारु गर्न वडाको ध्यानआकर्षण गराएका थिए । वालमन्दिरका वालवालिकाहरका लागी दिवा खाजा कार्यक्रम र जेष्ठ नागरिक दिवा सेवा संचालन कार्य उत्कृष्ट भएको वताएका थिए ।

आगामी आ व मा पनि यसरी नै प्रत्यक्ष नागरिकले सेवा पाउने कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।
पर्वत उद्योग वाणिज्य संघको सभाहलमा भएको सार्वाजनिक सूनूवाई कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओम प्रसाद घायलले संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा सदस्यहरु उत्तम ढकाल,लालकूमारी सि के, नरेन्द्र वहादूर के .सी ,लक्ष्मी वि क वडा सचिव वालकृष्ण शर्माको उपस्थिति रहेको थियो ।
वडामा स्थापना भएका एकता यूवा क्लव,सिसेफ महिला समूह,शान्ति जागरण महिला समूह,गूप्तेश्रर महिला समूह लगायतका नागरिक संगठनका प्रतिनिधि र वडावासीहरुको उपस्थिति रहेको थियो









